काठमाडौ । पुर्वी नेपालबाट मनसुनी वायु भित्रिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मनसुनी वायु नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको हो ।
यो देशभरि फैलिन समय लाग्छ। विभागले नेपालका अन्य भूभागमा केही दिनमा मनसुन क्रमिक रूपमा अघि बढ्ने बताएको छ।
विभागले यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको आकलन गरेको छ। यस वर्ष देशका अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत छ।