नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

न्युजलय ३० कार्तिक २०७९, बुधबार ०४:४७ मा प्रकाशित

  काठमाणडौ । नेपाल र पाकिस्तानबीच बुधबार (आज) मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल दशरथ रंगशालामा बेलुका पाँच बजे सुरु हुनेछ ।

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । दशरथ रंगशालामा घरेलु टोलीले आज ५० औँ खेल खेल्दैछ । ।

सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्दैछन् । त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो ।

दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन् । पाँच खेल बराबरी भएका छन् । मैत्रीपूर्ण फुटबलका लागि सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।