आईपीएलमा दिल्लीसँग कोलकत्ता चार विकेटले पराजित

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ०१:१० मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ ।


सुरुङमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि डेभिड वार्नर ४२, रोभम्यान पावेल ३३, अक्षर पटेलले २४ रन बनाउँदा ललित यादवले २२ तथा मिचेल मार्शले १३ रन जोडे। कोलकत्ताका उमेश यादवले तीन विकेट लिए ।


कोलकत्ताका लागि नितिश राना ५७, कप्तान श्रेयस एयरले ४२ रन जोड्दा रिन्कु सिंहले २३ रन मात्र बनाए । दिल्लीका कुलदिप यादवले ४ विकेट लिँदा मुस्ताफिजुर रहमानले ३ विकेट हात पारे । यो जितसँगै दिल्लीले ८ खेलमा ८ अंकै जोडेको छ।


दिल्ली आईपीएल अंक तालिकाको छैटौं स्थानमा छ। कोलकत्ताले ९ खेलमा ६ अंक जोडेको कोलकत्ता तालिकाको आठौं स्थानमा छ ।