अफगानीस्तानमा शक्तिशाली भूकम्प

न्युजलय १६ भदौ २०८२, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौं । अफगानस्तानमा आइतबार राति ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी नगरहार र कुनार क्षेत्र प्रभावित भएका छन् । 

भूकम्पका कारण घाइते भएका ११५ भन्दा बढी नागरिकलाई अस्पतालहरूमा भर्ना गरिएको छ । 

बीबीसीका अनुसार, तालिबान सरकारले भूकम्पमा परी सयौँ मानिसहरूको मृत्यु भएको आशंका गरेको छ । 

भूकम्पबाट बढी क्षति कुनार सूबेमा भएको बताइएको छ । यो क्षेत्रको झन्डै ९० प्रतिशत भूभाग पहाडी क्षेत्रमा पर्दछ ।