धरान । नेपालकै लोकप्रिय शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले धरानमा आफ्नो शाखा विस्तार गरेको छ । संस्थाका डाइरेक्टर प्रसन्न दाहालको उपस्थितिमा धरानको पुतली लाइनमा नेपालको लागि २० औं शाखा सञ्चालनमा ल्याएको हो ।
सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा उच्च शिक्षा अध्ययनमा सहजिकरण गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको दाहालले बताए ।
धरान पूर्वी नेपालको शैक्षिक र बसोबासको हबका रूपमा विकसित भएकोले वैदेशिक शिक्षाका ालगि गुणस्तरीय एवं विश्वासिलो शैक्षिक परामर्श सेवा प्रदान गर्न एक्सपर्टको शाखा कार्यालय स्थापना भएको धरान, इटहरी तथा विराटनगर प्रमुख कमल तिमल्सिनाले बताए ।
यसअघि इटहरी, विराटनगर तथा बिर्तामोडमा एक्सपर्टका शाखा सञ्चालनमा छन् । यो प्रदेशको चौथो शाखा हो ।
एक्सपर्टले अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीसँग सहकार्य रहेको बताउँदै दाहालले दुई दशकदेखि विश्वका १६ देशका ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।