८ कार्तिक २०८२ शनिवार को राशिफल

न्युजलय ९ कार्तिक २०८२, शनिवार १२:०९ मा प्रकाशित

मेष l अनावश्यक कार्यमा समय बर्बाद हुनेछ। सही दिनचर्याले स्वास्थ्यमा सुधार आउनेछ। सामाजिक कार्यक्रममा सहभागिताले मन प्रसन्न रहनेछ। शुभ रंग: रातो l शुभ अंक: १


वृष l सहकर्मीहरू तपाईंको कार्यशैलीबाट प्रसन्न हुनेछन्। जग्गाजमिनसम्बन्धी मामिलामा सावधान रहनुहोस्। व्यावसायिक यात्राबाट लाभ हुनेछ। शुभ रंग: केशरी l शुभ अंक: २


मिथुन l जिम्मेवारी बढ्नेछ र आध्यात्मिक कार्यमा मन लाग्नेछ। परोपकारको भावना जागृत हुनेछ। अध्ययन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। शुभ रंग: निलो l शुभ अंक: ३


कर्कट l आफन्तहरूको सहयोगले काम सजिलै सम्पन्न हुनेछ। सन्तानको स्वास्थ्यमा चिन्ता रहन सक्छ। भौतिक सुखमा धन खर्च हुनेछ। शुभ रंग: सेतो l शुभ अंक: ३


सिंह l पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। प्रभावशाली व्यक्तित्व निर्माणको समय छ। साजसज्जामा धन खर्च हुने योग। शुभ रंग: हरियो l शुभ अंक: ४


कन्या l नयाँ योजनाहरूको पहिचान गर्न उपयुक्त समय। गुरुजनको सहयोगले अध्ययनमा प्रगति हुनेछ। अरूको काममा बढी चासो नदिनुहोस्। शुभ रंग: केशरी l शुभ अंक: ३


तुला l व्यापारमा नयाँ योजना बन्नेछ। कार्यभार कम हुनेछ र आर्थिक पक्ष सबल रहनेछ। भ्रमणका योग छन्। शुभ रंग: निलो l शुभ अंक: ७


वृश्चिक l जीवनसाथीसँग मतभेद बढ्न सक्छ। पारिवारिक समस्या समाधान हुनेछन्। अड्केका काम सम्पन्न हुने योग। शुभ रंग: रातो l शुभ अंक: ८


धनु l व्यापारमा लिएका जोखिम सफल हुनेछन्। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। जीवनसाथीको भावनालाई सम्मान दिनुहोस्। शुभ रंग: कलेजी l शुभ अंक: २


मकर l साथीहरूको सहयोगले रोकिएका काम सुरु हुनेछन्। नयाँ योजनामा अनुभवी सल्लाह लिनुहोस्। गोपनीयता कायम राख्नुहोस्। शुभ रंग: निलो l शुभ अंक: १


कुम्भ l अध्ययनमा सफलता र रोजगारका अवसर मिल्नेछन्। कारोबार विस्तार हुने योग। प्रशासनिक कार्यमा सफलता मिल्नेछ। शुभ रंग: रातो l शुभ अंक: २


मीन l सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। प्रतिस्पर्धीका अगाडि संयमित व्यवहार अपनाउनुहोस्। पुराना निर्णयमा पुनर्विचार गर्ने समय छ। शुभ रंग: सुन्तला l शुभ अंक: ५