काठमाडौं । सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारलाई सम्पर्क गरेर बुझाउनुपर्ने कागजातको विवरण मागेको छ ।
मेटाको सिंगापुरस्थित कार्यालयमा कार्यरत एक कर्मचारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयसँग औपचारिक सम्पर्क गरेका हुन्।
सो सम्पर्कपछि दर्ता तथा सूचीकरणका लागि आवश्यक विवरणबारे मन्त्रालयले तुरुन्तै इमेलमार्फत जवाफ पठाएको छ l
सरकारले फेसबुक, एक्स, युट्युब, इन्स्टाग्रामसहितका २६ सामाजिक सञ्जाल आजै बन्द गर्न दुर सञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि मेटाले सुचीकृत हुन चासो देखाएको हो ।
यस्तै बन्द हुने सामाजिक सञ्जालको सुचीमा परेको हाम्रो पात्रोले पनि विवरण बुझाएको छ ।