दोलखा । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ गइरहेको बस शुक्रबार बिहान तौथलीमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ५० बढी घाइते भएका छन् ।
बस कच्ची सडकबाट करिब १०० मिटर तल खसेको छ । घाइतेहरुको उद्धार भइरहेको स्थानीय गाउँपालिकाले जानकारी दिएको छ ।