भोजपुर जाँदै गरेको बोलेरो दुर्घटनामा आठ जनाको मृत्यु (विवरणसहित)

न्युजलय ३१ फाल्गुण २०८०, बिहिबार ०३:४४ मा प्रकाशित

भोजपुर । भोजपुरमा विहीबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी एक शिशु, तीन पुरुष र तीन महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

को १ ज २५९३ नम्बरको जीप बिहीबार दिउँसो १२ः३० बजेतिर उदयपुरको बेलका नगरपालिका–७, बाखाकुवामा दुर्घटना भएको थियो । १४ जना सवार जीप दुर्घटनामा परेको थियो । घाइतेहरुलाई उपचारको लागि धरानस्थित वीपी प्रतिष्ठानमा लगिएको छ । 

दुर्घटना मृत्यु हुनेमा हतुवागढी–२ का मानबहादुर बस्नेत, चन्द्र प्रकाश राई, ६ महिने दिशान राई, पर्वत माया राई, रहेका छन् भने हतुवागढी–५ की राम कुमारी राई(ममता), किसन राई रहेका छन् । 

यस्तै बराहक्षेत्र–३ का पदम ब. थापा, ईटहरीकी कमला अधिकारीको समेत मृत्यु भएको छ ।  

दुर्घटनामा शारदा राई, मिनु राई,शान्तिकला राई, सबिना परियार,गायत्री थापा कटुवाल, रमा थापा, सुशील परियार, कुलबुङ्ग राई,निकिता कटुवाल रहेका छन् । 

जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी यात्री भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।