सुन्दरहरैचामा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

न्युजलय १४ असोज २०८०, आइतबार ०५:४४ मा प्रकाशित

इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा बसले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल चालकको मृत्यु भएको छ । 


आइतबार (आज) बिहान पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री सुन्दरहरैचा नगरपालिका–५ का ५२ बर्षीय केदार थापालाई ठक्कर दिंदा ज्यान गएको हो । 


दुर्घटनामा घाईते भएका थापाको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटनामा संग्लग्ग बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।