काठमाडौँ । बिहीबार(आज) नेप्से परिसूचक ७.२ अंकले बढेको छ ।
आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा ११४ को घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रहृयो ।
सेन्सिटिभ सूचक १ अंक घट्यो । २ अर्ब ६ करोडको कारोबार भएको छ । आज निर्जीवन बीमा र ब्यापार उपसमूहमा आकर्षण देखियो । दुबै उपसमूह ५ प्रतिशत बढे ।
बैंकिङ ३, होटल तथा पर्यटन ३९, जलविद्युत् १९, उत्पादन ३८ अंक घटे । ब्यापार १२९, अन्य ५, निर्जीवन बीमा ५०२, माइक्रोफाइनान्स १, जीवन बीमा १४५, फाइनान्स १७ र विकास बैंक उपसमूह ३१ अंक बढे । दोल्ती पावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।