यू १९ विश्वकप प्रतियोगिताको अन्तिम खेलमा भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल

न्युजलय १९ माघ २०८०, शुक्रबार ०८:१४ मा प्रकाशित

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा आज नेपालले अन्तिम खेल खेलिरहेको छ । टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ ।

सुपर सिक्समा नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । 

प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनल दौडबाट बाहिर रहेकाले यो नेपालको अन्तिम खेल हो । आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । आकाश त्रिपाठी, विपिन रावल र दीपक बोहरा बाहिर छन् ।