बढ्यो सुनको मूल्य

न्युजलय ७ माघ २०७८, शुक्रबार १२:१६ मा प्रकाशित

 काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । 

हिजो विहिबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

हिजो विहिबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।