आज २५ माघ २०८२ आइतवारको राशिफल

न्युजलय २६ माघ २०८२, आइतबार ०६:४७ मा प्रकाशित

मेष । समयमा कार्य सम्पादन नहुनाले हानि नोक्सानी खेप्नु पर्ला। व्यापार व्यवसायमा पिताद्वारा सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

वृष । पुरानो कुरालाई लिएर दाम्पत्य जीवनमा वादविवाद रहला। नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन । चिताएको कार्यसम्पादन गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नयाँ निर्णय लिनुभन्दा अघि माननीयजनहरूबाट सल्लाह लिनुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट । दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारबाट लाभ प्राप्त होला। नोकरी वा पेशामा साथीहरूको साथ पाइनेछ। भविष्यको लागि नयाँ योजनाहरू कोरिनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

सिंह । सामूहिक कार्यमा सबैको सल्लाह लिएर कार्य गर्नुहोला। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यमा खानपिनमा सजगता अपनाउनुहोस्। व्यर्थको वादविवादमा समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ

कन्या । भाग्यले विभिन्न अवसरहरू दिलाउनेछ। सन्तानको प्रगतिलाई देखेर मन प्रसन्न रहनेछ। संगीत र कलाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग गाढा सेतो हो भने शुभ अंक १ रहेको छ।

तुला । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। अधिकार स्थापित गर्नको लागि संघर्ष गर्नुपर्ला। जमीन जग्गाबाट लाभ प्राप्त हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

वृश्चिक । धैर्य र पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर । कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ । पारिवारिक जमघटका योग छन्। आर्थिक प्रयोजनको लागि अतिरिक्त कार्य गर्नुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा मनमुटावका योग छन्। कार्यकुशलताको समाजमा चर्चा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन । नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको कुरालाई बेवास्ता नगर्नुहोला। हतारमा लिएका निर्णयहरू नोक्सानदायी रहनेछन्। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभुत्व बढ्नेछ। अध्यात्मतर्फ मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

स्रोत हाम्रोपात्रो