मोरङ । मोरङको पथरीशनिश्चरे–१ बुद्ध चोकमा रहेको कोशी चिउरा मिलमा शनिबार राति आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार आगलागीमा १ करोड ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा आगलागी हुँदा उक्त क्षति भएको हो ।
काठ र इँटा प्रयोग गरेर बनाइएको कर्कट पाताको छानो भएको घरमा मिल सञ्चालन गरिएको थियो ।
मोरङ प्रहरीले नेपाल र सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आइतबार बिहान आगो नियन्त्रणमा आएको जानकारी दिएको छ ।
आगोले मिलसहित मिलभित्र रहेको अन्न जलेर खरानी भएको प्रहरीको भनाइ छ ।