झापा र इलामका युवाहरुबीच दमकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

न्युजलय १२ असोज २०८०, शुक्रबार ०५:५२ मा प्रकाशित

झापा । झापाको दमक नगरपालिका– १ कुमाल चोकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । 


शुक्रबार बिहान ४ बजे दमक ७ हाट खोला र इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाइट ग्याङ फाइटको क्रममा छुरा प्रहारबाट चुलाचुली–३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु भएको हो । 



कुमाल चोक नजिकै एक होटेलमा उनीहरू सँगै बसेर रातभर मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा झडप भएको थियो । दमक( ७ बस्ने २५ वर्षीय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए । घाँटी, पाखुरामा छुरा प्रहार गरेपछि सख्त घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगेको र अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 


छुरा प्रहार गर्ने राईसहित दुई जना मोटरसाइकलमा फरार भएको र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ ।