इटहरी । नेपाली निजामती कर्मचारीहरूको काव्य ग्रन्थ इटहरीमा सार्वजनिक भएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपालको सुनसरी जिल्ला कार्यसमितिले प्रकाशन गरेको १२३ पूर्व र वर्तमान कर्मचारीहरूको ‘राष्ट्रसेवक काव्यकुन्ज’ को लोकार्पण भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री तथा गीतकार राजन राईले ग्रन्थ लोकार्पण गरेका हुन् ।
१२३ कवि समेटिएकोमा पूर्व कर्मचारी सत्यमोहन जोशी, दिनेश अधिकारी देखि वर्तमान कर्मचारीहरूको कविताहरू संग्रहमा अटाएका छन् । कार्यक्रममा संग्रहमा अटाएका ६ कवि र अन्य ६ अतिथि कविले समेत कविता सुनाएका थिए ।