काठमाडौंमा स्थानीय तहका कर्मचारीको आन्दोलन

न्युजलय २० असोज २०८०, शनिवार ०१:५४ मा प्रकाशित

काठमाडौं । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।


सरकारले संघीय संसद्‌मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीहरुले काठमाडौं गएर आन्दोलन गरेका हुन् । 


संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने तथा स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने उनीहरुको माग छ ।


स्थानीय तह कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरुले समायोजनका कर्मचारीहरूको उचित व्यवस्थापन, तीनै तहका कर्मचारीको समान वृत्तिविकासको व्यवस्था तथा कर्मचारी कल्याणकारी कोषको व्यवस्थालगायतका गर्न माग गरेका छन् ।