काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को ताज सोफिया भुजेलले हात पार्न सफल भएकी छन् ।
काठमाडौंमा बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा महिला हुनुको सबैभन्दा राम्रो पक्ष के हो? भन्ने प्रश्नको जवाफ दिँदै सोफिया विजेता बनेकी हुन् ।
विजेतासँगै अब उनले अन्तर्राष्ट्रिय प्रतियोगिता मिस युनिभर्सका लागि नेपालबाट प्रतिनिधि गर्ने छन् । उनले नगद १० लाख, नियो स्कुटर तथा अन्य उपहार प्राप्त गरेकी छन् ।