कृष्ण आचार्यको अध्यक्षतामा जमैका नेपाली समाजको समिति गठन

न्युजलय ३१ असोज २०७९, सोमबार १०:२६ मा प्रकाशित

काठमाडौं । अमेरिकास्थित न्युयोर्क शहरको जमैका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सामाजिक संस्था ‘जमैका नेपाली समाज’को साधारण सभा सम्पन्न भएको छ ।


आइतबार सम्पन्न साधारण सभाले आगामी २ वर्षका लागि सर्बसम्मत कृष्ण आचार्यको अध्यक्ष्यतामा नयाँ कार्य समिति गठन गरेको छ ।


सभाले संस्थाको उपाध्यक्षमा पुस्कर खनाल, सचिवमा भिम न्यौपाने, कोषाध्यक्षमा दिपक घिमिरे, सदस्यहरुमा रामहरी कार्की, प्रेम तिम्सिना, बिजया सिम्खडा, गुन बहादुर घर्ति, अशोक ज्ञवाली, राजेन्द्र गौतम र सजन पौडेल सर्वसम्मत चयन गरेको छ ।