पहिरोका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

न्युजलय १८ असोज २०८१, शुक्रबार १२:०५ मा प्रकाशित

खोटाङ । अत्यधिक वर्षाका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुई ठाउँ र च्यास्मिटार ३ मा एक ठाउँ पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।

बाहुनीडाँडाको गोरुमारेमुनि र डौँठेखोला माथि पहिरोले सडक अवरुद्ध भएको छ  । त्यस्तै च्यास्मिटारको जोरसिमल नजिक बयक्तमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

खोटाङमा रहेको सडक विभाग र मध्यपहाडी लोकमार्ग डोजर सिन्धुली लगिएकाले सडक खुलाउन ढिला भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराईबाट आएका गाडी डौँठे खोलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसीमा रोकिएका छन् ।