बढ्यो सुन चाँदीको भाउ

न्युजलय ३१ असोज २०७९, सोमबार ०५:१३ मा प्रकाशित

काठमाण्डौ । सोमबार(आज) सुनको भाउ सामान्य बढेको छ ।

सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । आज चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको भाउ तोलामा १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।