कोसी सरकार आइतबारको बिदा हटाउने तयारीमा

न्युजलय २४ जेठ २०८३, आइतबार ०३:३२ मा प्रकाशित

विराटनगर । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। 

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्।

मुख्यमन्त्री कार्कीले सातामा दुई दिन बिदा दिने साविकको व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै शनिबार एक दिन मात्र बिदा कायम गर्दा कस्तो होला भनी जिज्ञासा राखेका छन्।