काठमाडौं । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सीमा नाकामा आएको भीषण बाढीमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमले आइतबार बिहान यो तथ्यांक सार्वजनिक गरेको हो।
सीजीटीएनका अनुसार, यस विपद्मा परी कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन्।