प्लाई उद्योगमा लागेको आगो ८ घण्टा बित्दा पनि आएन नियन्त्रणमा

न्युजलय २८ फाल्गुण २०८०, सोमबार ०१:४२ मा प्रकाशित

विराटनगर । झापाको प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

मेचीनगर नगरपालिका –१५ ज्यामिरगढीस्थित भगवती प्लाइउड उद्योगमा सोमबार बिहानबाट सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको हो।

८ घण्टा बढी भइसक्दा पनि आगलागी नियन्त्रणमा लिन सकिएको छैन। 

झापाका सबै नगरपालिका, मोरङ, इलाममा रहेका एक दर्जन बढी दमकलहरू ल्याएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो। त्यतिबाट पनि नपुगेपछि भारतको नक्सलबारीबाट पनि दमकल झिकाइएको छ।

आगलागी नियन्त्रणमा लिन स्थानीय, प्रहरी लगायत परिचालन छन्। 

उद्योगको कच्चा पदार्थ राखिएको खण्ड जलेर ध्वस्त भएको छ। जस्ताले घेरिएको र सुकेका काठका गोलिया भएकाले आगो नियन्त्रणा लिन गाह्रो भएको बताइउको छ ।

४ देखि ५ बिघामा फैलिएको उद्योग झापाकै ठूलो उद्योगमध्येको एक हो। यहाँ १ हजार ४ सय मजदुर काम गर्छन्।