नेप्से परिसूचक १४ अङ्कले बढ्यो

न्युजलय १२ चैत २०८२, बिहिबार ०३:५९ मा प्रकाशित

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।

आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा  १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ ।