आज २८ भाद्र २०८२ शनिवार को राशिफल

न्युजलय २८ भदौ २०८२, शनिवार १२:१४ मा प्रकाशित

मेष । समाजमा मानसम्मानमा वृद्धी हुनेछ। सरकारी क्षेत्रबाट समस्या उत्पन्न हुन सक्छ। आत्मविश्वासको साथमा कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

वृष । वैदेशिक योजनाहरू पूरा हुनेछन्। कानुनी मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा सानातिना उतार चढावहरू आउनेछन्। अनावश्यक खर्चले आर्थिक संकट निम्त्याउँला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन । मनमा शंका उत्पन्न हुनेछ। रोजगार र व्यापार व्यवसायमा नयाँ अवसर मिल्ला। प्रतियोगी परीक्षामा सफल भइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट । सकेसम्म यात्रा नगर्नुहोला। व्यापारमा उन्नति हुनेछ। विद्यार्थीहरूलाई उपलब्धि हासिल गराउनेवाला समय रहेको छ। परिवार वा वरिष्ठको सहयोग पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह । मनमा उत्साह र कार्यक्षेत्रमा लगनशीलताले समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। पिताक‍ो स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। दैनिकी खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या । सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्यले गर्दा हात परेका अवसरहरू हातबाट जानसक्छ सावधान रहनुहोस्। सामाजिक सञ्जालमा अन्तर्वार्ता गर्दा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

तुला । साझेदारी व्यापार र दाम्पत्य जीवनमा राम्रो समय रहेको छ। सकेसम्म यात्रा नगर्नुहोला। व्यवहार कुशलता वा बोलीको प्रभावले अप्ठ्यारा कार्यलाई पनि सजिलै सम्पादन गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक । परिवारमा विवादास्पद विषयको समाधान हुनेछ। सरकारी कार्यमा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

धनु । आत्मबल र प्रसिद्धिमा वृद्धि हुनेछ। यात्रा कष्टदायी रहेको छ। पारिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस्। धर्मकर्ममा मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर । आर्थिक पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। विदेशतिरबाट शुभ सूचना मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ । कार्यक्षेत्रमा धैर्य वा पराक्रममा वृद्धि हुनेछ। आफ्नो योग्यतामा विश्वास राखेर निर्णय लिनहोस सफलता मिल्नेछ। व्यापार व्यवसायलाइ लिएर मनमा धेरै शंकाहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ ।

मीन । कार्यक्षेत्रमा संघर्षले सोचेजस्तो परिणाम दिनेछ। विद्यार्थीहरुको शैक्षिक योग्यताको मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। व्यापार विस्तारलाई लिएर योजना बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

स्रोत हाम्रोपात्रो