नेयमारले आगामी विश्वकपपछि सन्यास लिने

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०१:२६ मा प्रकाशित

काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले आगामी फिफा विश्वकप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन् ।


२९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप आफ्ना लागि अन्तिम हुने बताएको डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा उल्लेख छ ।


उक्त डकोमेन्ट्रीमा नेयमारले भनेका छन्, ‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम हुनेछ । किनभने मलाई थाहा छैन म मानसिक रुपमा फुटबलका लागि सक्षम हुनेछु वा हुनेछैन ।’