घट्यो सुनचाँदीको मूल्य

न्युजलय ११ असोज २०७९, मङ्गलबार १२:३३ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको थियो ।