सेयर बजारमा सामान्य सुधार

न्युजलय १३ माघ २०७८, बिहिबार ०९:१३ मा प्रकाशित

काठमाण्डौ । बिहिबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य सुधार आएको छ । कारोबार सुरू भएदेखि उकालो लाग्न थालेको नेप्से परिसूचक अन्तिमसम्म बढ्ने घट्ने क्रम तीव्र बन्यो ।

आज दुई पटक उकालो लाग्दै परिसूचक २८ सय अंकभन्दा माथि पुगेको थियो । तर, दुई पटक नै घट्दै फेरी अन्तिम समय सम्ममा ३ अंकको सामान्य सुधार आएका हो । यससँगै परिसूचक २७ सय ७९ अंकमा पुगेर बन्द भएको छ ।

यसक्रममा आज जम्मा तीन अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ६६ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ । लगातार चार दिनदेखि ओरालो लागेको नेप्से सूचक १४३ अंकको गिरावटपछि आज तीन अंकले उकालो लागेको हो ।