कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने पहिचानवादीको घोषणा

न्युजलय ३ मङ्सिर २०८१, सोमबार ०३:२३ मा प्रकाशित

विराटनगर । विभिन्न १२ वटा पहिचानवादी सङ्घ संस्थाले कोशी नाम खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरूले यसअघि जस्तै ८५ जना सांसदलाई निषेध गर्ने, सांसदका नातागोतालाई हस्ताक्षर फिर्ता लिन दबाब दिने लगायतका कार्यक्रम घोषणा गरेका छन ।  उनीहरुले कोशी नाम लेख्ने कार्यालय प्रमुखलाई कारबाही गर्ने समेत बताएका छन् ।