घट्यो पेट्रोलको मूल्य

न्युजलय १९ जेठ २०८१, शनिवार ०८:३६ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाले र डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैया घटाएको छ । 


घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु एक सय ५३ रहेको छ । 


दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५२ रहेको छ ।


त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा पर्नेछ ।