घट्यो सुनको भाउ

न्युजलय ११ साउन २०७९, बुधबार ११:५४ मा प्रकाशित

काठमाण्डौ । बुधबार(आज) सुनको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ। 

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।