नेप्से बढ्यो

न्युजलय २८ साउन २०८३, बिहिबार ०४:१५ मा प्रकाशित

काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ।

बुधबार ३ अर्ब ५३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज ३ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ।

आज १७१ कम्पनीको सेयरमूल्य बढेको छ भने ८६ वटाको घटेको छ। यस्तै, १९ कम्पनी स्थिर छन्।