काठमाडौं । बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको छ ।
बुधबार नेप्सेमा कुल ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबारमा आएकामध्ये ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ ।