डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु

न्युजलय १३ कार्तिक २०८१, मङ्गलबार १२:२३ मा प्रकाशित

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।

यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।