‘छक्कापञ्जा ४’ कात्तिक ४ मा रिलिज गर्ने तयारी

न्युजलय २६ भदौ २०७९, आइतबार ०१:४० मा प्रकाशित

काठमाडौं । ‘छक्कापञ्जा ४’लाई आगामी कात्तिक ४ मा रिलिज गर्ने तयारी भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताए ।

‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ । जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत दीपकले गरे ।

हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’मा दीपकसहित दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, बेनिशा हमाल र मलिना जोशीको प्रमुख भूमिका छ ।