घट्यो सुनचाँदीको भाउ

न्युजलय १० साउन २०७९, मङ्गलबार ११:५० मा प्रकाशित

 काठमाडौं । मंगलबार(आज) सुनको भाउ २०० रुपैयाँले घटेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

 आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँ कायम रहेको छ ।