ओली विरुद्ध ‘जिग्री’ले स्वतन्त्र उम्मेदवारी दिने

न्युजलय १५ भदौ २०७९, बुधबार ०४:१८ मा प्रकाशित

काठमाण्डौ । कलाकार कुमार कट्टेल(जिग्री) ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । 

उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो । कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए ।

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल झापा–५ कै मतदाता हुन् ।

कट्टेलले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार सुरु भएको छ ।