तेस्रो विवाह गर्दै आमिर खान

न्युजलय २१ जेठ २०८३, बिहिबार १२:४८ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो विवाहको तयारीमा रहेको चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र प्रेमिका गौरी स्प्राटले सम्बन्धलाई विवाहको रुप दिने तयारी गरेका हुन् ।

यी दुवैजना लामो समयदेखि सम्बन्धमा छन् । आमिरले ६०औँ जन्मदिनका अवसरमा गौरीलाई सार्वजनिक रुपमा चिनाएका थिए । यो विवाह आमिरको तेस्रो विवाह हुनेछ ।

स्रोतका अनसार ५ जुलाईमा वैवाहिक समारोह हुँदैछ, जहाँ, निकट पारिवारिक सदस्य र मित्र सहभागी हुने अपेक्षा छ ।

स्रोतका अनुसार आमिर र गौरी पछिल्लो एक वर्षभन्दा बढी समयदेखि साथमा बस्दै आएका छन् ।