इटहरी । इटहरीका निजी विद्यालयहरु कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएका छन् ।
कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरु कात्तिक ४ गतेबाट सञ्चालन गर्न इटहरी उपमहानगरपालिका र नगर प्याब्सन बिच सहमती भएको हो ।
इटहरी उपमहानगरप्रमुख द्वावारिकलाल चौधरी उपचारार्थ इटहरी बाहिर भएकाले तत्काल बिद्यालय खुलाउने निर्णय गर्न नसकिएको र मेयर चौधरी आए लगत्तै दशै पछी विद्यालय खुलाउने सहमती भएको बताइएको छ ।
उपमहानगरपालिकाबाट विद्यालय सञ्चालन गर्न दिने भएपछी विद्यालय सञ्चालनमा ल्याउने ब्यवस्था मिलाउनको लागि नगर क्षेत्रका सम्पूर्ण नीजि बिद्यालयहरुलाई जानकारी गराएको सचिव श्रेष्ठले जानकारी दिए ।
सुनसरीका कतिपय स्थानिय तहमा बिद्यालय सञ्चालनमा आएपनि इटहरीमा कोरोना माहामारी कायमै रहेको जनाउदै विद्यालय सञ्चालनमा आएका छैनन् । ।