काठमाडौँ । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको आरोपमा कुटपिट गर्ने प्रहरीमाथि छानबिन थालिएको छ ।
दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको ?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेले सो घटना चितवनको भनेका छन् । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताए । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।