इटहरी । बचतकर्ताको रकम अपचलन आरोपमा इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले छन् ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले दिएको निवेदनका आधारमा प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले ठगी मुद्दा दायर गरेको थियो ।
बचतकर्ताहरुको रकम फिर्ता दिन नसकेपछि बचतकर्ताहरु आन्दोलित हुँदै आएका थिए । त्यसै क्रममा संस्थाले तरलताको अभाव भएको र ठूलो समस्या नभएको जनाएको थियो ।