मोरङमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

न्युजलय ३२ बैशाख २०८१, मङ्गलबार ०३:४१ मा प्रकाशित

विराटनगर । मोरङमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको छ। 

मोरङ रतुवामाइ नगरपालिका–६ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक भागिरथ हरिजनलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। हरिजनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।  उनको खुट्टामा चोट लागेको छ।

लागुऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो। पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाएर उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्यूरो स्रोतले जनाएको छ।