कतार विश्वकपमा प्रयोग हुने आधिकारिक बल सार्वजनिक

न्युजलय १७ चैत २०७८, बिहिबार ०१:०८ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक भएको छ । आयोजक कतारले बुधबार विश्वकपमा प्रयोग हुने आधिकारिक बल सार्वजनिक गरेको हो ।

 

एडिडास कम्पनिले बनाएको बलको नाम अल रिहला राखिएको छ । जसको अरबी अर्थ यात्रा हुन्छ ।


कतार विश्वकप आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुनेछ । 

 

यस संस्करणको विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ ।


हालसम्म २७ राष्ट्र विश्वकपका लागि छनोट भइसकको छ ।