काठमाण्डौ । यो साता सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० थियो । जुन, १ हजार २०० रुपैयाँले बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ छ ।
यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले गत साता प्रतितोला १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता पनि सोही मूल्य कायम छ ।