काठमाडौँ । अभिनेत्री प्रियंका चोपडा सरोगेसीको सहयोगमा आमा बनेकी छिन् । उनले इन्स्टाग्राम पोस्टमार्फत यो जानकारी दिएका हुन् ।
सरोगेसी मार्फत निक–प्रियंकाको घरमा छोरा वा छोरी आएको कुनै जानकारी दिएका छैनन् । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसीमार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन् । यसअघि १७ नोभेम्बर २०२१ मा प्रीति जिन्टा पनि सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी थिइन् ।
प्रियंका चोपडा र निक जोनस बलिउडमा सबैभन्दा चर्चित जोडी मध्ये एक हुन् । दुवैले हिन्दू र क्रिस्चियन परम्परा अनुसार डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।