काठमाडौं । घरमा राखिरहेको बन्दुक चलाउदा पड्किएर एक बालकको मृत्यु भएको छ ।
मुगुको खत्याड गाउँपालिका १० डुबानाका अम्मर दिन रावलका छोरा अन्दाजी १० वर्षीय विकास रावलको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार रावलले आज दिउँसो साढे १ बजे आफ्नै घरमा रहेको बन्दुक चलाउदा बन्दुक पड्कन गई मृत्यु भएको हो ।