इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान शान्तिटोलको भित्री सडकखण्डमा मे १० प ४९२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्कुटर विद्यालयको पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका ३८ वर्षीय तेन्जिङ तामाङको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका उनको मृत्यु भएको जनाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा तामाङ तरहराको प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको खुलेको छ ।
दुर्घटनामा परेको स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।