राजविराज । छात्रालाई शिक्षामा प्राथमिकता दिने उद्देश्यले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले निःशुल्क प्लस टु अध्ययनको व्यवस्था गरेको छ । नगरपालिका आफैले व्यहोरेर पढाउने व्यवस्था गरेको नगरप्रमुख शैलेश साहले जानकारी दिए ।
छात्राको पढाइ छाड्ने दर घटाउनको लागि नगर सभाले यस्तो निर्णय गरेर यस वर्षदेखि कार्यान्वयनमा ल्याएको हो ।
यसबाहेक दलित छात्र तथा छात्रालाई सिटिइभिटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चमा ५० प्रतिशत छुट दिइने गरीएको छ।